२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

महिलासँगको भिडियो भाइरल भएपछि धरानका मेयर भन्छन्: बन्द कोठामा होइन, मलाई पनि लाज लाग्यो!

harka sampang dispute

धरान — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई एक महिलाले चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले उक्त घटनाबारे सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफू पनि त्यस घटनाले असहज भएको बताएका छन्।

साम्पाङका अनुसार ती महिलाले उनलाई कुनै बन्द कोठामा नभई सार्वजनिक भेटघाटको क्रममा गालामा चुम्बन गरेकी थिइन्। उनले भने, “एउटा फोटो भाइरल बनाएर विरोधीहरूले गलत प्रचार गरिरहेका छन्। त्यो कार्यक्रममा करिब सयजना श्रमदाताहरू उपस्थित थिए, र त्यो कुनै निजी क्षण थिएन।”

उनले ती महिलाको अवस्था अशक्त रहेको र खुट्टा भाँचिएको कारण लठ्ठी टेक्दै कार्यक्रममा आएकी थिइन् भन्दै आलोचकहरूलाई संवेदनशील बन्न आग्रह गरे। साम्पाङले भने, “उहाँ मेरो ठूली समर्थक हुनुहुन्छ, र त्यो केवल स्नेहको अभिव्यक्ति थियो। त्यसलाई गलत अर्थमा नलिनुहोस्।”

उनले घटना सार्वजनिक ठाउँमा भएको र कुनै पनि अशोभनीय आशय नभएको दोहोर्याउँदै सामाजिक सञ्जालमा फैलिरहेका अफवाहप्रति असन्तुष्टि जनाए।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस