
काठमाडौं – नुहाउनु स्वास्थ्य र सफाइका लागि जरुरी हुन्छ। तर नुहाएपछि गर्ने स–साना गल्तीहरूले तपाईंको छाला र कपाल दुबैलाई हानी पुर्याइरहेका हुन्छन् भन्ने थाहा छ ? चिकित्सकहरूका अनुसार नुहाएपछि केही बानी तुरुन्तै परिवर्तन गर्नुपर्छ।
१. तौलियाले बल लगाएर शरीर नरगड्नुहोस्:
नुहाएपछि छालाको माथिल्लो पत्र नाजुक हुन्छ। बल लगाएर रगड्दा यो पत्र क्षति हुन सक्छ, जसले छाला रुखो र संवेदनशील बनाउँछ। हल्का थिचेर सुकाउनु सबैभन्दा राम्रो उपाय हो।
२. मोइश्चराइजर नलगाई बस्नु गल्ती हो:
नुहाउने बित्तिकै छालाका स–साना प्वालहरू खुला हुन्छन्। यस्तोमा केही नलगाई बस्दा छाला सुख्खा र रुखो हुन्छ। त्यसैले, नुहाएपछि तुरुन्तै मोइश्चराइजर लगाउनुपर्छ।
३. भिजेको कपाल बाँध्नुहुँदैन:
भिजेको कपाललाई कडा पारेर बाँध्दा वा तौलियाले बेर्दा कपाल टुक्रिने र फंगस लाग्ने सम्भावना हुन्छ। कपाललाई हल्का सुकाएर मात्र बाँध्नु उपयुक्त हुन्छ।
४. ओसिलो कपाल फंगल इन्फेक्सनको कारण बन्न सक्छ:
नुहाएपछि कपाल ओसिलो छोड्दा ब्याक्टेरिया र फंगस सजिलै फैलिन्छन्, जसले डन्ड्रफ वा संक्रमण निम्त्याउन सक्छ।
५. चिसा खुट्टामा तुरुन्तै मोजा वा जुत्ता नलगाउनुहोस्:
नुहाएपछि खुट्टा राम्रोसँग सुकाउनु जरुरी छ। चिसा खुट्टामा मोजा लगाउँदा फंगल संक्रमणको जोखिम बढ्छ।
६. शरीर सुक्न नदिई लुगा लगाउनु गल्ती हो:
नुहाएपछि छालामा पानी रहँदा लुगा लगाउँदा फंगस र ब्याक्टेरिया बढ्न सक्छन्। शरीर पूरै सुकाएर मात्र लुगा लगाउनुहोस्।
७. फोहोर तौलिया प्रयोग नगर्नुहोस्:
पुरानो वा फोहोर तौलियामा ब्याक्टेरिया हुन्छ। त्यसले छालामा संक्रमण ल्याउन सक्छ, त्यसैले सधैं सफा र सुक्खा तौलिया प्रयोग गर्नुहोस्।
८. नुहाएपछि आँखा मिच्नुहुँदैन:
हातमा फोहोर वा ब्याक्टेरिया हुन सक्छ, जसले आँखामा संक्रमण ल्याउन सक्छ। त्यसैले, अनुहार पुछेपछि मात्रै सफा हातले आँखामा छोएर सफाइ गर्नुहोस्।