२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

होस् उडाउने मूल्यसँगै सुनले तोड्यो सबै रेकर्ड, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं – स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा थप वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुन तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

यसअघि बुधबार सुन तोलाको मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो। लगातारको वृद्धि पछि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी दुई हजार ९५५ रुपैयाँमा कायम भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस