काठमाडौँ — आज तिहारको लक्ष्मी पूजा परेको दिन नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।
साथै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार

