२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार ८० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८०८ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस