
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जसका कारण आज देशका अधिकांश भू-भागका मौसम सफा रहनेछ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। यसैगरी आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार