२०८२ मङ्सिर २ गते सोमवार | 2025 November 17th Monday

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ सय रुपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस