२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दिल्ली वि-स्फोटमा नेपाल कनेक्सन? मोबाइलले खोल्यो रहस्य

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे अनुसन्धान जारी छ। नेशनल इभेस्टिगेसन एजेन्सी (एनआईए)का अनुसार विस्फोटमा प्रयोग भएका सातवटा ‘सेकेन्ड ह्यान्ड’ मोबाइल फोन नेपालमा खरिद गरिएको पाइएको छ।

त्यसैगरी १७ वटा सिमकार्डमध्ये ६ वटा भारतको कानपुरमा र तीमध्ये दुई सिमकार्ड बेकनगञ्ज निवासीको परिचयपत्रमा आधारित रहेको पाइएको छ। विस्फोटमा प्रयोग भएको कार पनि आरोपित आमिर राशिद अलीको नाममा दर्ता रहेको छ।

एनआईएले आमिरलाई दिल्ली अदालतमा पेस गर्दै १० दिन न्यायिक हिरासतमा राखेको छ। अनुसन्धानले नेपाल र भारत जोडिएको आतंक गतिविधिको संकेत दिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस