२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

ह्वात्तै घट्यो काठमाडौँको तापक्रम, रातीबाटै बढ्यो अत्यधिक चिसो !

काठमाडौँ । मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ । आज काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो ।
हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस