काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकाले आज देशका अधिकांश भूभागमा मौसम सफा रहने भएको छ । महाशाखाले दिएको जानकारी अनुसार, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली रहनेछ। बाँकी सबै भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यद्यपि, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा अथवा हिमपातको सम्भावना भने रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार

