२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

कुलमानको राजनीतिक दलमा आयो नयाँ ट्विस्ट, सत्य खुल्दा सबै हैरान

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ। आइतबार रातिसम्म ‘नेपाल जनसेवा पार्टी’ नाममा छलफल भए पनि अन्ततः आज बिहान ‘उज्यालो नेपाल’ नाममै सहमति भएको घिसिङ निकट नेता जितराम लामाले जानकारी दिए।

लामाका अनुसार, पार्टीको चुनाव चिन्ह बिजुलीको चिम प्रस्ताव गरिएको छ। साथै, पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भइरहेको छ। उनले अहिले पनि पार्टीको भावी कार्ययोजना र संगठन संरचनाबारे छलफल चलिरहेको बताए।

उनका अनुसार, ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ, जसको संयोजक उपाध्याय रहनेछन्।

कुलमान घिसिङ भने हाल पार्टीको नेतृत्वमा नबस्ने योजना बनाएका छन्। उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीका रूपमा कार्यरत छन्। घिसिङ तत्काल पार्टीमा सक्रिय नहुने बताइएको छ।

सो पार्टीमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। तर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठ पार्टीमा जोडिने या नजोडिने भन्नेबारे अहिलेसम्म निश्चित निर्णय हुन सकेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस