काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६८८ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार

