२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

टिकटक सुपरस्टार इभा गिरीको तल्लो पेटको रहस्य खुल्दा सबै चकित

काठमाडौं । साँच्चै कलाकार होस् त इभा गिरी जस्तो! टिकटटक सुपरस्टार र नेपालकी नम्बर १ कन्टेन्ट क्रिएटर इभा गिरीले तल्लो पेटमा दुखाई भए पनि स्टेजमा धमाकेदार पर्फमेन्स दिएकी छन्। कमजोर स्वास्थ्य अवस्थाको बाबजुद पनि उनले आफ्नो पेशागत प्रतिबद्धता निभाउँदै उत्कृष्ट डान्स र ऊर्जा प्रदर्शन गरेकी थिइन्।

दर्शकले उनको साहस, मेहनत र व्यावसायिकता खुलेर प्रशंसा गर्दै ‘इभा प्रोफेसनल कलाकारको उत्कृष्ट उदाहरण’ भनेर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनका स्टेज र रिहर्सल भिडियोहरू लगातार भाइरल भइरहेका छन्।

त्यसैगरी, नेपाल प्रिमियर लिग (NPL) को ओपनिङमा इभा गिरी आउने हल्लाले टिकट बिक्रीमा पनि रेकर्ड बनाएको छ। पर्सिबाट सुरु हुने प्रतियोगिताको टिकट मूल्य असाध्यै महँगो भए पनि सबै टिकट पहिले नै बिक्री भइसकेका छन्। पहिलो दिनको अधिकांश टिकट इभाका फ्यानहरूले किनेका हुन्, जसले उनको लोकप्रियता र फ्यानबेसको प्रमाण दिन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस