२०८२ मङ्सिर १३ गते शुक्रवार | 2025 November 28th Friday

झ्याप्पै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भईरहेको छ ।

Gold Price Rises Sharply, What’s the Trading Rate?

 

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस