काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार

