२०८२ पुष ८ गते मङ्गलवार | 2025 December 23rd Tuesday

आज सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६४८ रुपैयाँमा कारोबार भईरहेको छ ।

आफूले पढिसकेपछि सामाग्री सेयर गर्न नभुल्नुहोला । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला ।

Gold and Silver Prices Reach All-Time Highs, What Are They Trading At?

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस