२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

पूर्वसांसदको घरमा रवि र बालेनबीच महत्वपूर्ण भेट, यी हुन चर्चाका विषय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ।

भेटवार्ता कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको हो। रास्वपा उपसभापति डिपी अर्याल पनि छलफलमा सहभागी थिए। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा भइरहेको स्रोतले जनाएको छ।

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि लामिछानेले आफ्नो पहिलो राजनीतिक भेटघाट मेयर बालेन्द्रसँगै सुरु गरेका हुन्। यसअघि उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी रास्वपाको समर्थन सरकारलाई रहेको बताएका थिए।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस