काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८ सय रुपैयाँले बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार १३४ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार

