२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३५ सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार (आज) बढेर ३ हजार ९०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १९ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३४८ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस