२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

जेनजीसँगको वार्तापछि बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्वपूर्ण निर्णय

काठमाडौं। सरकारले बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेन–जी समूहबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा उल्लेखित बुँदाहरू राजपत्रमा प्रकाशित गर्ने र सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय पनि गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

त्यसैगरी, न्याय सेवा आयोगको सिफारिस अनुसार पुष्कर सापकोटालाई विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा नियुक्त गर्ने निर्णय पनि भएको छ। जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचना पुनःनिर्माणको प्रतिवेदन पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस