२०८२ मङ्सिर १८ गते बुधवार | 2025 December 3rd Wednesday

नयाँ प्रेममा मिस पवि! सँगै देखिएका व्यक्ति को हुन्? भाइरल भिडियोबारे सबै रहस्य खुल्यो

काठमाडौं। गायक हिमाल सागर र मोडल मिस पवि अहिले भाइरल भएका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा उनीहरूको फोटो र भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा छिटै भाइरल भएको छ। धेरैले दुवैलाई जोडीको रुपमा प्रचार गरिरहेका छन्।

तर हिमाल सागरले स्पष्ट पारे– उनीहरू अलग-अलग आएर खेल हेर्न पुगेका थिए। मिस पवि कमेडी दरबारको टिमसँग खेल हेर्न पुगेकी थिइन् भने हिमाल एक्लै। खेल र सोही अवसरको डिनर कार्यक्रममा मात्र भेट भएको रहेछ।

हिमालले भने– ‘हामी दुवै केही म्यूजिक भिडियोमा सहकार्य गरेका हौं, तर जोडी जस्तो प्रचार गरिएको कुरा गलत हो।’

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस