२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

एनपीएल-२ : कर्णाली याक्स प्लेअफबाट बाहिर

काठमाडौं । एडम रोसिङ्टनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफको सम्भावना कायम राख्यो।

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनायो। ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए, तर अन्य ब्याटरलले ठूलो योगदान गर्न सकेनन्।

पोखराका लागि धनन्जय लक्षले ४ ओभरमा ३ विकेट लिए भने ऋषी धवनले पनि ३ विकेट लिए। कप्तान कुशल भुर्तेल र रोसिङ्टनले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै खेललाई पोखराको पक्षमा पारे।

यस जितसँगै पोखराले पाँच खेलमा दोस्रो जित हात पारेको छ र ४ अंक जोडेको छ। कर्णाली याक्स ६ खेलमा पाँचौं हार भोग्दै प्लेअफ होडबाट बाहिरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस