काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ मा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठक्करबाट घाइते भएका ती पुरुषलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार

