२०८२ पुष १४ गते सोमवार | 2025 December 29th Monday

रवि–बालेन ७ बुँदे सम्झौतामा, प्रधानमन्त्री उम्मेदवार बालेन,पार्टी नेतृत्व रविले गर्ने

काठमाण्डौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेता र भावि प्रधानमन्त्रीको रुपमा उभ्याइनेछ ।

सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने । शनिवार साँझ देखि चलेको छलफल आईबार विहान ४ बजे सहमती भएको हो ।

 

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस