२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

प्रचण्डलाई धक्का : जेनजी मुद्दा बेवास्ता गरेको भन्दै चर्चित नेतृले पार्टी छोडिन्, उज्यालो नेपाल रोजिन्

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोरम्बा सैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। उनी आइतवार पार्टी प्रवेश गरेकी हुन्।

२०७४ सालमा उपाध्यक्ष निर्वाचित घिसिङले पुराना पार्टीहरूले जेन–जी आन्दोलनको भावना नबोकेको भन्दै अब कम्युनिस्ट पार्टीमा नरहने बताएकी छन्। रामेछाप जिल्लाका माओवादी पृष्ठभूमिका थुप्रै पूर्व जनप्रतिनिधि यसअघि नै उज्यालो नेपालमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस