२०८२ पुष १४ गते सोमवार | 2025 December 29th Monday

आजको मौसम : पश्चिमी वायुको प्रभावका कारण हिमाल–पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो फैलिएको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईमा हुस्सु यथावत् रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

राति पनि तराईमा हुस्सु कायमै रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली देखिनेछ। गण्डकी प्रदेशका उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना दोहोरिएको छ । तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस