२०८२ पुष ८ गते मङ्गलवार | 2025 December 23rd Tuesday

तीन जनाको विदेश भ्रमण रोक फुकुवा, खुशी हुँदै पूर्वआईजीपी खापुङले के भने ?

काठमाडौँ । जेन-जी घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्व सीडीओ छविलाल रिजालको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध सोमबार फुकुवा गरेको छ।

आयोगका अनुसार उनीहरूमाथि भइरहेको छानबिन र सोधपुछ कार्य सम्पन्न भइसकेको छ। आयोगले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्तिहरूलाई यस निर्णयको जानकारी दिएको छ।

पूर्व आईजीपी खापुङले सामाजिक सञ्जालमा फुकुवा पत्रको तस्बिर राख्दै व्यङ्ग्यात्मक शैलीमा खुसी व्यक्त गरेका छन् र लेखेका छन्, ‘लु है कतै निमन्त्रणा छ भने भन्नुहोस है !’

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस