२०८२ माघ ३ गते शुक्रवार | 2026 January 16th Friday

विप्लव र मिराजले माइतीघरमै हात मिलाए, चार बुँदे सहमतिमा के छ ? (पत्रसहित)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति भएको छ।

बिहीबार माइतीघरमा भएको सहमतिमा विप्लव र ढुंगानाले हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष, संविधान संशोधनसहित स्थिर सरकार, जेनजी विद्रोहका माग पूरा गर्न आन्दोलन र भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनामा संयुक्त पहल गर्ने सहमति भएको छ।

ढुंगाना नेतृत्वको समूह केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेको थियो।

d5728b4c-dc71-41d1-a14a-415e80daa2d3

प्रकाशित मिति : २०८२ माघ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस