२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

विवाहको पहिलो रातमै दुलही आमा बनिन्, ६ घण्टामै छोरी जन्माइन्, गाउँ नै चकित

काठमाडाैं । विवाहको केही घण्टामै दुलहीले बच्चा जन्माएको अनौठो घटना भारतको उत्तर प्रदेशमा भएको छ।

रामपुर जिल्लाको अजिमनगर क्षेत्र अन्तर्गत कुम्हरिया गाउँमा विवाह भएको करिब ६ घण्टाभित्रै दुलहीले छोरीलाई जन्म दिएकी हुन्। यस घटनाले परिवार मात्र होइन, गाउँलेसमेत अचम्मित बनेका छन्।

समाचार अनुसार कुम्हरिया गाउँका रिजवान र बहादुरगंज गाउँकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। परिवारको सहमतिपछि प्रहरी र गाउँका अगुवाको उपस्थितिमा विवाह सम्पन्न गरिएको थियो। शनिबार साँझ विवाहपछि बेहुलीलाई घर लगिएको थियो।

मध्यराततिर दुलहीलाई अचानक पेट दुखेपछि डाक्टर बोलाएर उपचार गरियो। आइतबार बिहान उनले स्वस्थ छोरी जन्म दिइन्। बच्चा जन्मिएपछि बेहुलाले मिठाइ बाँड्दै खुसी साटेका छन्।

घटना अहिले वरपरका गाउँहरूमा पनि चर्चाको विषय बनेको छ। प्रहरीका अनुसार दुवै पक्ष सँगै बसिरहेका छन् र कुनै कानुनी कारबाहीको माग गरिएको छैन।

प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस