काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्। नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै उनले चुनावपछि बन्ने संसद् र सरकारमा आफ्नो उपस्थिति रहने चाहना व्यक्त गरे।
निर्वाचन तोकिएकै समयमा हुने दाबी गर्दै खरेलले आगामी चुनावमा परिवर्तनको चाहनाअनुसार योग्य नेतृत्व चयन गर्न सबैलाई आग्रह गरेका छन्।
प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार

