काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीच भएको वार्ता सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियान संयोजक दुर्गा प्रसाईं पक्षबीच वार्ता भएको हो।
मन्त्री खरेलका अनुसार संविधान र कानुनको सीमाभित्र रहेर सम्भव हुने माग पूरा गर्न सरकार प्रतिबद्ध छ। वार्तामा मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।
प्रधानमन्त्री कार्कीले अभियानका मागलाई गम्भीर रूपमा लिएको र संयोजक प्रसाईंले सरकारको ध्यानाकर्षण गराएको मन्त्री खरेलले जानकारी दिए।
प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार

