२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बयानका लागि अध्यक्ष ओलीलाई बोलाउने आयोगको तयारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोग अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई सोधपुछका लागि पत्र काट्ने तयारी भइरहेको जानकारी दिए। उनले पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया सकिएको पनि बताए।

ओली उपस्थित नभए के हुन्छ भन्ने प्रश्नमा कार्कीले भोलिको कुरा भोलि नै हुने प्रतिक्रिया दिएका छन्। आयोगले तोकिएको म्यादभित्रै अनुसन्धान सकाएर सरकारलाई प्रतिवेदन बुझाउने दाबी गरेको छ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस