२०८२ पुष १८ गते शुक्रवार | 2026 January 2nd Friday

निरन्तर घटेको सुनको मूल्य ह्वात्तै बढ्यो, शुक्रबार तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । निरन्तर घटी रहेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेर प्रतितोला चार हजार ५२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

प्रकाशित मिति : २०८२ पुष १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस