२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस