२०८२ फाल्गुन ८ गते शुक्रवार | 2026 February 20th Friday

कलेज पढ्ने युवतीहरु पछ्याएर यी युवकले गर्ने हर्कत खुल्दा प्रहरी नै चकित

काठमाडौं । कजेल पढ्ने युवती पछ्याउँदै आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भइ काठमाडौं–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एससपी रामेश्वर कार्कीका अनुसार, उनलाई बिहीबार साँझ ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो । उनले कुलेश्वर कालिमाटी क्षेत्रमा बिहान कलेज पढ्न हिँडेका युवतीलाई पछ्याउँदै अश्लिल क्रियाकलाप गर्दै दुर्व्यवहार गर्ने पाइएको प्रहरीले बताएको छ । लामो समयदेखि यस्तो गुनासो आए पनि ती युवक पक्राउ पर्न सकिएको थिएन । कलेज पढ्न एक युवतीले आफूमाथि यस्तै दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी समेत दिइएकी थिइन् ।

त्यसपछि प्रहरीले कालिमाटी कुलेश्वर एरियाका सीसीक्यामेरा फुटेजमार्फत उक्त हर्कत गरेको भिडियो नै प्राप्त गरेको थियो । सोही भिडियोको आधारमा व्यक्ति पहिचान गरेर प्रहरीले बिहीबार खड्कालाई पक्राउ गरेको हो । उनले बिहानको समय (६ बजेदेखि साढे ६ बजेको आसपासमा) कलेज हिँडेका युवतीलाई फलो गर्दै यस्तो हर्कत गरेको पाइएको प्रहरीले बताएको छ । यसअघि काठमाडौं उपत्यकामै चल्ने यात्रुबहाक बसमा यस्तै हर्कत गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस