२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

बलात्कार आरोपमा पौडेल पक्राउ

काठमाडौं । बलात्कार आरोपमा पौडेल पक्राउ परेका छन् । झापाको अर्जुनधारामा करणी गरेको आरोपमा एक ६४ वर्षीय वृद्ध पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने प्रमानन्द पौडेल रहेका छन्।

प्रहरीका अनुसार माघ २८ गते राति करिब ९ बजेर ३० मिनेटतिर अर्जुनधारा–९ बाह्रघरेमा इलाम घर भई विगत ६–७ महिनादेखि मामाघरमा बस्दै आएकी एक युवतीमाथि करणी गरेको आरोप लागेको हो।

पीडित पक्षले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार दुवैलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस