काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार

