काठमाडौं । केही समय अघि मात्र तोलामा २० हजार ५ सयसम्म घटबढ भएको सुनको भाउ आज भने तोलामा जम्मा सय रुपैयाँ घटेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।
यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार

