सन्तोष सुवेदी । ‘२०६२/२०६३ वा जनआन्दोलन (२)’ ताका खुंखार कम्युनिस्टहरु, सारा युवा पुस्ताहरु यो नवयुवा प्रधानमन्त्री बने देश पक्कै बन्छ, भन्दै गगन थापाका तस्विर, दृष्यतर्फ औला सोझ्याउँथे । प्रत्यक्ष देख्ने र भेट्ने त नतमस्तक नै थिए । के सारा नेपालीलाई लाग्दैछैन ? त्यो समय साँच्चिकै केही दिनभित्र नै आएको छ । नेपाली धर्ती उजिल्याउन सारा नेपाली नै गगनमा समाहित हुने समय आएको छ । किनकी साठ्ठीको दशकमा नेपाली कांग्रेसभित्र गणतन्त्रको नारा शंखघोष गर्नेपनि उनै पहिलो व्यक्ति थिए । उनलाई त्यसपछि ज–जसले साथ दिए । अहिले कांग्रेस सुधार्छु भन्दा साथ दिने उनीहरु नै छन् । निष्कलंक, निष्चल राष्ट्रभावका क्षमतावान व्यक्तिहरुको टीम गगनसँग छ । अब सबै नेपालीले मतदान मार्फत साथ दिए, नेपाल आमाको काँचुली फेर्ने यो सुनौलो मौका हो ।’
गणतन्त्रको नारा शंखघोष गर्दा तत्कालीन कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य र नेविसंघका अध्यक्ष गुरुराज घिमिरे लगायतले साथ दिएका थिए । दरबारकै सम्मुखको सडकबाट पहिलो पटक गणतन्त्र माग्दै राजसंस्थाको विरुद्धमा बोल्दा तत्कालीन शासकले गगन, गुरुराज र प्रदीप पौडेललाई जेल पठाएका थिए । तर गगन र उनका सहयात्री रोकिएनन् । ल प्राक्टिस गरिरहेकाहरु एक किस्सा सुनाउँछन् ।’
तत्कालीन शासकले गगनहरुलाई राज्यविरुद्वको अभियोग लगायो । मुद्दा अदालत पुग्यो । अदालतमा अत्यन्तै शालिन सादगी नेतृत्व, पछि संविधान सभा अध्यक्ष समेत भएका स्वर्गीय सुवास नेम्वाङ्ग सर्वोच्च अदालतमा बरिष्ठ अधिवक्ताको रुपमा वकालतपनि गर्दथे । कांग्रेसी भएपनि गगनहरुको शंखघोष देशका लागि हो भन्ने, महसुस गरेर नेम्वाङ्गपनि निशुल्क बहस गर्न पुगे । बहसका क्रममा गगनहरुले ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भनेको हो कि हैन ? न्यायाधीशले बेन्चबाट बार तर्फ प्रश्न सोझ्याए । गगनहरुलाई अभियोग मुक्त गर्नु थियो । यसैले मैले बारबाट भने, श्रीमान् गगनहरुले ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भनेकै हुन्, तर ‘ज्ञानेन्द्र शाह श्री ५ महाराजधिराज मुर्दावाद’ भनेको आवाज कही कतै रेकर्डमा छैन । यसैले सरकारलाई नै भने हो भन्ने अनुमान स्वयं अदालतले गर्नु प्राकृतिक न्यायको सिद्दान्तले मिल्दैन भनेर बचाउ गरेको थिए नेम्वाङ्गलेपनि बेला–बेला यो किस्सा सुनाउँथे ।’
गगनहरुका कयौं पटक टाउका फुटे तर अडानप्रति शासन झुके । अदालत पक्षमा आयो । त्यति मात्र होइन, गगनले राजसंस्था हटाउनुपर्ने र पार्टीले गणतन्त्रको धार अवलम्बन गर्नुपर्छ भन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला टसमस भएका थिएनन् । पार्टीमा मात्र हैन, गगन विद्रोहले देशले नै जित्यो । देशमा गणतन्त्र आयो । गणतन्त्रपछि तत्कालिन दलहरुका कयौं सरकार बने । सरकारमा सहभागी भएरपनि गगनले भनिरहे गणतन्त्र कागजमा मात्र आयो । काममा परिवर्तन आएन । जसले जनताले खासै गणतन्त्रको स्वाद चाख्न पाएका छैनन् । हामी एकदिन लखेटिनुपर्ने हुनसक्छ, हामी सध्रियौं बारम्बार भनिरहे । भनेनन् मात्र । सरकारमा मन्त्री हुँदापनि उनले कयौं सुधारका प्रयास गरे । यतिमात्र हैन, आफू अल्पमतमा छु भन्ने थाहा पाउँदा पाउँदै । पार्टी सभापति मात्र संसदीय दलको नेता हुने विधिको लोकतन्त्र अबलम्बन गरेको देश र पार्टीका विरुद्व परिवर्तनको शंखघोषका लागि महामन्त्री हुँदा संसदीय दलको नेताका लागि चुनाव लडे । दुर्भाग्य उनी हारे । तर हारेर हारे जस्तो कहिलै भएनन् । तत्कालिन सभापति शेर बहादुर देउवाका ‘एस म्यान’ हरूले परिवर्तनको द्वारमा ताल्चा ठोकिरहे ।’
देउवा यतिसम्म एकोहोरो थिए कि उनले भनेको र उनकाले भनेको बाहेक केही गर्दैन थिए । सार्वजनिक सभामा नै आफ्ना ‘एस म्यान’ लाई ओ प्रकाशशरणहरु चुप लाग भनेको सुन्दैन ? भन्दै माइकबाटै थर्काउँथे । गगनहरुलाई आँखैले हेर्न चाहादैन थिए । तर गगनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर कांग्रेसलाई अघि बढाएरै छोडे । अटेर नेतृत्वलाई वैधानिक बाटोबाटै पन्छाए । पन्छाएनन् मात्र, लुरुलुरु आफ्नो पिछा लाग्ने शक्ति एकै झट्कामा आर्जन गरे । कारण थियो देश बनाउँने हुटहुटी । उनले आर्जन गरेको यो शक्तिलाई मलजल छर्न अब हरेक नेपालीले मत मार्फत साथ दिनुपर्छ ।’
पार्टीको तल जरादेखि अनुभव बटुल्दै फल पाक्न पुगेको यो नेतृत्वलाई नेपालीले साथ दिएनौं भने नेपालले ठूलो मूल्य चुकाउँछ । भावी पुस्ताले धिक्कार्छ । किनकी राजतन्त्रमा सर्वैसर्वा राजा हुन्छ भने, लोकतन्त्रमा ‘सर्वैसर्वा’ राजनीतिक दल हुन्छ । राजनीतिक दल विधि, नीति, सिद्वान्त र कार्यक्रमबाट चल्छ । नेतृत्व लामो समयको अनुभव, योग्यता र पवित्र, निष्कपट मनबाट उत्कृष्ट बन्छ । लोकतन्त्रमा दलको प्रयोग, टीम परिचालन, उत्कृष्ट नीति तथा कार्यक्रम बनाउँन नसक्नेको हातमा देश पुग्यो भने, फेरि समय बर्बाद हुन्छ । यसैले अहिले नेपाली धर्ती उजिल्याउन सारा नेपाली गगनमा समाहित हुने समय हो ।’

