२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

बालेन शाहको सन्देश: सद्भाव र सहकार्यबाटै देशको प्रगति सम्भव

प्रकाश काफ्ले/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले देशको समग्र विकासका लागि सद्भाव, सहिष्णुता र आपसी सहकार्य अपरिहार्य रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फतईद उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्नु नै समाजलाई अघि बढाउने प्रमुख आधार भएको उल्लेख गरे। उनले आपसी समझदारी, सम्मान र एकताको भावनाले समाजलाई अझ सुदृढ र सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, इद पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ सशक्त बनाओस् भन्ने कामना पनि गरेका छन्।

 

 

 

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस