२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

आजपनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस