२०८२ चैत्र ११ गते बुधवार | 2026 March 25th Wednesday

आज एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार पपिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस