काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ बढेको छ। हिजो घटेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै बढेको हो । आज सुन तोलामा ३ हजार ८०० र चाँदी ३१० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार र चाँदीको ५ हजार ७२० रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार

