२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो र पाउन्ड पनि महँगिए

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा पुग्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयर बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा थियो । यही फागुन २१ गते अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा पुगेको थियो।

त्यसयता घटेको अमेरिकी डलरक विनिमयदर आज फेरि हालसम्मकै सबैभन्दा महँगो भएको हो । त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ४२पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा थियो ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस