२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ । मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन मंगलबार चार हजार ८२० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस