२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको हो । आइतबार सुनको मूल्य २ लाख ९४ हजार थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस