२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

gold price

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको चाँदी मंगलबार घटेर ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस