२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

सुशासनको नाममा बालेनलाई जंगबहादुरको रूपमा श्रृंगारपटार, हुँदैछ उथलपुथल

काठमाडौं । समाज अध्येता सीके लालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार ‘राणाशाही’ बाटोतिर गइरहेको चेतावनी दिएका छन्। उनले बालेनलाई योजनाबद्ध रूपमा कडा शासकको रूपमा प्रस्तुत गरिएको भन्दै “सुशासनको नाममा जंगबहादुरको रूपमा श्रृंगारपटार गरिँदैछ” भनेका छन्। सीके दशकौंदेखि राजनीतिक विश्लेष्ण तथा लेख लेखिरहेका छन् ।

सीकेका अनुसार सरकारको पहिलो सय दिनमै भय सिर्जना गरेर सर्वसत्तावादी शासनको जग बसाल्ने प्रयास भइरहेको छ। उनले सुकुम्बासी आत्महत्या र आत्मदाहलाई राज्यद्वारा सिर्जित निराशाको परिणाम बताए। उनले फुटपाथ व्यवसायीलाई लखेट्ने, जरिवाना र कुटपिट गर्ने शैलीलाई ‘प्रहरी–शासन’को रूप लिएको टिप्पणी गरे। गणेश नेपालीको आत्मदाहलाई आर्थिक क्षतिभन्दा मान–सम्मानमाथिको प्रहार ठहर गर्दै, कमजोर समुदायलाई बुझ्ने संवेदनशीलता हराएको बताए।

लालले अर्थमन्त्रीको कर नीतिलाई मध्यम वर्गको ‘भर्‍याङ फाल्ने’ प्रवृत्तिसँग जोड्दै गरीबप्रति कठोर व्यवहार भएको आरोप लगाए। उनले बालेनको नेतृत्वलाई प्रदर्शनप्रिय शैलीको उदाहरण बताउँदै, यसले चन्द्रशमशेरकालीन शासन सम्झाउने उल्लेख गरे।

 

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस