२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘वानएक्स–बेट’ प्रकरणमा आधा दर्जन चर्चित कलाकार पक्राउ : को-को कलाकार पक्राउ परे ?

काठमाडौं। ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले केही कलाकारलाई नियन्त्रणमा लिएको छ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्।

‘वानएक्स–बेट’ मा विज्ञापन गरेको आधारमा उनीहरुको कनेक्शन देखिएर प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो। त्यस्तै, ‘वानएक्स(बेट’को विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन्। जसको कारण कलाकारले दुःख पाउने गरेका छन्।

बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस