काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार कुमार ब्यञ्जनकार ‘बेन’ र पक्राउ परेका बिचौलिया इनाम सापकोटाबीच पक्राउअघि एकपटक मात्रै संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानअनुसार व्यापारी दीपक भट्टलाई छुटाउने विषयमा सापकोटाले ‘सेटिङ’ मिलाएको सूचना पाएपछि बेनले उनलाई सम्पर्क गरेका थिए। प्रहरीका अनुसार बेनले सेप्टेम्बर २४ मा सापकोटालाई एसएमएस पठाएका थिए भने सापकोटा अक्टोबर २ मा पक्राउ परेका थिए।
सम्वादमा मात्र तिमी इनाम सापकोटा हो ? हो । तिमी कुमार बेनलाई चिन्छौं ? चिन्दिन, उमेश सरको विद्यार्थी भनेर एक पटक उहाँले भनेको सुनेको । तिमी प्रधानमन्त्री बालेनलाई व्यक्तिगत रुपमा चिन्छौं ? नाई चिन्दिन । यत्ति मात्र सम्वाद भएको प्रहरीले खुलाएको छ । साथै मोबाइलपनि प्रहरी बाहेक अरु स्थानमा कतै नपुगेको विधि विज्ञानले भनेको छ । यत्ति प्रश्न सोध्नु स्वभाविक हो । किनभने त्यो बेला प्रधानमन्त्रीको मान्छे हुँ भन्दै इनमले असुली गरिरहेको भन्ने हल्ला थियो ।


